वडाध्यक्षको कक्षमा ताला, सम्बन्धित निकाय मौन

बाग्लुङ | भदौ १, २०७९

वडाध्यक्षको कक्षमा ताला, सम्बन्धित निकाय मौन

बागलुङको  जैमिनी नगरपालिका-९ पैयुँथन्थापका वडा अध्यक्ष सन्दिप थापा ‘ईन्द्र’को कार्यकक्षमा स्थानीयले ताल्चा लगाईदिएका छन् ।

 

गत बिहिबार थापाको कार्यकक्षमा स्थानीयले ताल्चा लगाईदिएका हुन् । वडा अध्यक्ष थापा कार्यालयमा नगएको र गएको समयमा पनि जनतासँग कुरा राख्न चासो नदिई फर्किएकोले स्थानीयले ताला लगाईदिएको भगिन्द्र थापाले बताए । कार्यालयमा ताल्चा लगाईदा वडाको काम समेत प्रभावित बनेको छ ।

 

यसबारेमा बुझ्न वडा अध्यक्ष सन्दिप थापा ‘ईन्द्र्’लाई पटक-पटक फोन सम्पर्क गर्ने प्रयास गर्दा सम्पर्क हुन सकेन । थापा विगत केही दिनदेखि वडा सदस्य मिना परियारलाई कार्यबाहक वडा अध्यक्षको जिम्मा दिएर कार्यालयमा आएका छैनन् । विभिन्न सञ्चार माध्यममा उनले घरमा श्रीमति छोराछोरी हुँदाहुँदै ताराखोलाकी एक युवतिलाई गर्भवति बनाएको भन्ने समाचार बाहिरिएसँगै थापाले मिना परियारलाई कार्यबाहक दिएर बिदामा बसेका छन् ।

काठमाडौं।     प्रतिनिधिसभा सदस्या निर्वाचन सम्पन्न भएको छ । केही स्थानमा आजैबाट मतगणना सुरु हुने बताइएको छ ।   प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सम्पन्न भएको  सबैलाई धन्यवाद द...

थप पढ्नुहोस्

गुल्मी क्षेत्र नम्वर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल विजयी हुनुभएको छ ।    उहाँले नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री प्रदीप ज्ञवालीलाई १५ हजार १२०  मतान्तरले पछाडी पार्दै ...

थप पढ्नुहोस्

काठमाडौं:  देशका केही भू-भागमा आज  मौसममा आंशिक बदली देखिने र सीमित स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रका केही स्थानमा आज बिहान हुस्स...

थप पढ्नुहोस्